श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने

Posted on by aviationnepal

श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अन्तर्राष्ट्रिय उडानको अनुमति समेत मागिसकेको छ । अहिले देशका ५ स्थानमा उडान भरिरहेको श्री एयरलाइन्सले भारतका रिजनल एयरपोर्टमा उडान भर्ने योजना बनाएको छ ।

श्री एयरलाइन्सका मार्केटिङ म्यानेजर अनिल मानन्धरका अनुसार भारतसँगै यसले बैंकक तथा श्रीलंका र कोलम्बोमा समेत उडान गर्ने योजना बनाएको छ । ‘मन्त्रालयले इजाजत दिएपछि हामीले नागरिक उड्डयन प्राधिकरणसँग अन्तराष्ट्रिय उडान अनुमति माग्ने छौ अहिले हामी मन्त्रालयको निर्णय कुरिरहेका छौं,’ उनले भने ।

अहिले श्री एयरलाइन्सले भद्रपुर, बिराटनगर, भैरहवा नेपालगंज र धनगढीमा उडान भरिरहेको छ । भरतपुर र पोखरा विमानस्थल रन(वे सानो भएका कारण उडान गर्न नसकेको उनको भनाइ छ ।

श्री एयरलाइन्ससँग अहिले ३ वटा जहाज छन् । क्यानडाको बम्बार्डियरबाट उत्पादित सीआरजे सिरिजका तीनवटा जेट विमाननै यसले अन्तर्राष्ट्रिय उडान भर्नका लागि प्रयोग गर्ने भएको छ ।

न्युज२४वाट साभार

About the Author

Leave A Response