गोमा एयर दुर्घटनाको मुख्य कारण मौसमको खराबी : प्रतिवेदन

Posted on by aviationnepal

एक्कासि मौसममा आएको परिवर्तन नै गत जेठ १३ गते लुक्लामा भएको गोमा एयरको विमान दुर्घटनाको मुख्य कारण भएको छानविन समितिको प्रतिवेदनले देखाएको छ । मौसमको खराबी नै दुर्घटनाको कारण रहेको समितिको निष्कर्ष छ ।

गत जेठ १३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलका लागि उडेको गोमा एयरको नाईन एनएकेए कल साइन विमान अवतरणका क्रममा धावनमार्गमा नपुग्दै दुर्घटना भएको थियो ।

दुर्घटनापछि गठित छानविन समितिले शुक्रबार प्रतिवेदन पेश गर्दै मौसमको खराबी नै दुर्घटनाको कारण रहेको जनाएको छ । समितिको प्रतिवेदन सार्वजनिक गर्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जितेन्द्रनारायण देवले छानविन समितिले लामो समयको अध्ययन अनुसन्धानबाट प्रतिवेदन प्रस्तुत गरेको भन्दै प्रशंसा ब्यक्त गर्नुभयो ।

उहाँले प्रतिवेदन यथार्थपरक रहेको समेत स्पष्ट पार्नुभयो । प्रतिवेदनमा आन्तरिक उडानको क्रममा दृष्टियोग्य उडान नियम अन्तर्गत काठमाडौंबाट लुक्लाको लागि उडेको विमान बिग्रदो मौसमी अवस्था र धावनमार्गको भिजिविलिटी न्युृन भएकोले विमान दुर्घटना भएको जनाइएको छ । जसका कारण विमानस्थलको धावनमार्गभन्दा एकसय ३० फिट वर भिरालोमा दुर्घटनाग्रस्त हुन पुगेको प्रतिवेदनमा उल्लेख छ ।

न्युज२४वाट साभार

About the Author

Leave A Response