उडान अनुमति नपाउने हो भने द्विपक्षिय हवाइ सेवा सम्झौता(बासा) को के अर्थ ?

Posted on by जिज्ञासु घिमिरे

नेपाल एयरलाइन्स(एनएसी) ले २०१५ मा मध्य दक्षिण चीनको तेस्रो ठूलो शहर ग्वानजाओ उडान अनुमतिका लागि आवेदन गरेकोमा हालसम्म चीनबाट सहमति पाएको छैन । २००८ सम्म संघाइमा उडान संचालन गरेको एनएसी विमानको कमीले गर्दा चीन उडान बन्द गर्न बाध्य भएको थियो ।

एनएसीका प्रवक्ता रबिन्द्र श्रेष्ठ भन्नु हुन्छ “चिनियाँ पक्षबाट कुनै प्रतिक्रिया आएको छैन र यो भन्न कठिन छ कि उडान स्वीकृति तत्कालै पाइनेछ वा ढिलो हुनेछ ।”

फेब्रुअरी २०१४ मा नेपाल र चीन बिच संशोधित द्विपक्षीय हवाइ सेवा सम्झौता (बासा)मा हस्ताक्षर भएको थियो । सो सम्झौताले दुबै देशका विमानहरुलाइ प्रति हप्ता ५६ उडानका लागि अनुमति दिएको थियो भने २०१६ बाट प्रति हप्ता ७० उडान गर्न अनुमति दिएको छ ।

हालका बर्षहरुमा चिनिया पर्यटकहरुको आकर्ष्ण बढिरहेको नेपालमा चिनियाँ एयरलाइन्सहरुले पहिले बासा अनुसार हप्तामा १४ उडानहरू सञ्चालन गरिरहेका थिए भने हाल एयर चाइना, चाइना साउथर्न, चाइना इस्टर्न, सिचुआन एयरलाइन्स र तिब्बत एयरलाइन्सले थप नियमित उडानहरू सञ्चालन गरिरहेका छ्न ।

एनएसीले थप गर्न लागेको एयरबस ए३३० नेपाल आउने समय नजिकिदै गर्दाको अवस्थामा एनएसीले थप गन्तब्यको अनुमति पाउन भोग्दै आएको कठिनाइले यसको ब्यापार विस्तार गर्ने रणनितिमा धक्का पुग्ने देखिन्छ । ३ बर्ष देखि यस्तै खालको समस्या हिमालय एयरलायन्सले आफनो दिल्ली उडान संचालनका लागि भोग्दै आएको छ ।

नेपालको राष्ट्रिय ध्वजावाहक लगायत देशको कानुन अनुसार स्थापित हिमालय एयरलायन्सले सामना गर्नु परेको यस्ता खालका समस्याहरुमा सरकारले पनि ध्यान दिनु जरुरी छ । नेपाली विमान कम्पनीहरुले विभिन्न बहानामा उडान अनुमति नपाउने हो भने द्विपक्षिय हवाइ सेवा सम्झौता(बासा) को के अर्थ रहन्छ ?

Leave A Response