मंसिर २१ निर्वाचन: ७५% आन्तरिक उडान नहुने

Posted on by जिज्ञासु घिमिरे

प्रतिनिधिसभा र प्रदेश सभाका लागि मिति २०७४ मंसिर २१ गते बिहीबार हुन लागेको आम निर्वाचनका कारण आन्तरिक तर्फका ७५% उडानहरु कटौति भएका छ्न । काठमाडौंबाट देशका विभिन्न भागहरुमा दैनिक ३०० आन्तरिक उडानहरू हुने गरेकोमा चुनावको दिन भएकोले गर्दा जम्मा ७५ उडानहरू मात्र काठमाडौंबाट बाहिरिने र भित्रिने छ्न ।

एयरलाइन्स संचालक एसोसिएसन अफ नेपाल (आयोन)का अनुसार “चुनावको दिन उडान रोक्न सरकारले भनेको छैन । ४५ जिल्लामा निर्वाच हुन लागेको हुँदा उडान प्रभावित हुनु स्वभाविक नै हो । हेलिकप्टरका उडानहरू उद्धार र चुनावका अन्य कार्यका लागि जारी रहनेछन् । तर हेलीकप्टरका चार्टर उडानहरू भने हुने छैनन् ।”

बुद्ध एयरका अनुसार सामान्यतया दिनमा ४५ उडानहरू हुने गर्थे तर बिहीवार पोखरा र चितवनका लागि गरि जम्मा ६ उडान मात्र हुनेछन् । पहाडी क्षेत्रको उडान अहिलेसम्म निर्धारण गरिएको छैन।

यति एयरलाइन्सले दैनिक ३० उडान गर्ने गरेकोमा बिहीबार ९०% उडान कटौति गरेको छ । यतिका पर्यटक लक्षित उडानहरू पोखराका लागि ३ र २ माउन्ट फ्लाइट मात्र हुनेछ । दैनिक २० उडान गर्ने तारा एयरको पोखरा देखि जोमसोमका लागि १ उडान र काठमाडौं देखि लुक्लाका लागि २ उडान मात्र गर्नेछ ।

श्री एयरलाइ, सौर्य एयरलायन्स र नेपाल एयरलायन्सले पनि आफना उडानहरु कटौति गरेका छ्न । नेपाल एयरलायन्सका अन्तर्राष्ट्रिय उडान भने यथावत संचालन हुनेछ । हिमालय एयरलायन्सको रात्रीकालिन उडान यथावत संचालन हुनेछ । सीता एयरले लुक्ला उडान मात्र गर्नेछ भने समिट एयरलाइन्सले पहिले नै टिकट बुक गरेका पर्यटकहरूका लागि लुक्लाका ४ उडान गर्नेछ ।

आन्तरिक तर्फका ७५% उडान कटौती भए पनि अन्तर्राष्ट्रिय उडानहरु प्रभावित हुने छैनन । दैनिक ३० देखि ४५ उडान गर्ने २६ अन्तर्राष्ट्रिय एयरलाइन्स मध्ये कुनै पनि कम्पनीले चुनावका कारण उडान कटौती गरेका छैनन ।

Leave A Response