निर्वाचनका दिन मंसिर २१ गते हवाइ यात्रुका लागि बस सेवा

Posted on by जिज्ञासु घिमिरे

नेपाल पर्यटन बोर्ड (एनटीबी)ले आम निर्वाचन-२०७४ सम्पन्न हुने दिन २१ मंसिर( 7 डिसेम्बर, 2017) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ यात्रुहरुको लागि विमानस्थल तथा होटलहरुको बिचमा बस सेवा प्रदान गर्ने भएको छ । सबै सवारीका साधन तथा बजार बन्द रहने उक्त दिन एनटीबीद्वारा संचालित बस सेवा लिन चाहने यात्रुले एक पटकको नेपाली रु ३०० शुल्क तिर्नु पर्नेछ ।

निर्वाचनका दिन बिहान ६ बजे देखि साँझ ६ बजे सम्म चालु रहने बस सुबिधा लिन चाहने यात्रुहरुले पर्यटन प्रहरिको टोल फ्री नम्बर ११४४ वा ०१-४२४७०४१ मा सम्पर्क गरि आफुले कहा देखि कहा सम्मको लागि बस सुबिधा लिने हो टिपाउन सक्नुहुनेछ । बस संचालन हुने मार्ग निम्न अनुसार रहेका छ्न ः-
रूट १
विमानस्थल-एनएसी-नयाँ रोड-होटल अन्नापुर्णा-होटल याक एण्ड यति-ठमेल चोक-लैनचौर चौक-होटल शंकर- होटल राजदूत-विमानस्थल
रूट २
विमानस्थल-होटल ऱ्याडिसन-होटल सांग्रिला-महाराजगंज चोक-हायात रिजेन्सी-चावहिल चोक-होटल द्वारिका-विमानस्थल
रूट ३
विमानस्थल-तिनकुने चोक-होटल एभरेष्ट-माइतिघर चोक-होटल हिमालय-होटल सोल्टी-होटल ग्राण्ड-विमानस्थल

Leave A Response