युरोपेली संघ(इयु)को कालोसुचिबाट नेपाललाइ हटाउन सरकार असफल

Posted on by जिज्ञासु घिमिरे

युरोपेली संघ (इयु) ले नोभेम्बर ३०, २०१७ मा आफनो कालोसुचि अद्यावधिक गर्दै नेपाली विमान कम्पनीहरुलाइ उक्त कालोसुचिमा कायमै राखेको छ । नागरिक उड्डयन प्राधिकरणले इयुलाइ नेपालको हवाइ क्षेत्रमा भएको प्रगतिबारे केही प्रतिवेदन पठाएको थियो । नोभेम्बर १३-१५ मा बेल्जियमको राजधानी ब्रसेल्समा बसेको इयुको बैठकले उडान संचालन प्रमाणपत्र, प्रशिक्षण तथा इजाजतपत्र र क्यानको संस्थागत क्षमतामा समस्या देखाउदै इयुको सुरक्षासँग सम्बन्धित मापदण्डमा नेपालको हवाइ क्षेत्र खरो उत्रन नसकेको हुँदा कालोसुचिबाट हटाउन अस्विकार गरेको हो । कालोसुचिबाट हटाउनका लागि क्यानले केहि थप स्पष्टिकरण इयुलाइ दिनु पर्नेछ ।

ईयू भन्छ, “हालै संघको सूचीमा राखिएका विमान कम्पनीले आवश्यक प्राविधिक तथ्य र हाल कायम रहेको अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डमा निर्धारण गरिएका आवश्यकताहरू पुरा गरेको जानकारी पठाएमा सो अनुरूप कालोसुचिबाट हटाउने प्रक्रिया अघि बढाउन सकिन्छ ।”

नेपालको हवाइ क्षेत्रले स्थिरता, सुरक्षा कार्यक्रमको कार्यान्वयन र नागरिक उड्डयन प्रणालीमा संस्थागत सुधार जस्ता विभिन्न चुनौतिहरू समाधान गर्नु जरुरी छ । इयुको कालोसुचिबाट विमान कम्पनीहरुलाइ हटाइ नेपाल एयरलायन्स र हिमालय एयरलायन्सका साथै निकट भविष्यमा अन्तर्राष्ट्रिय उडान गर्ने तरखर गरिरहेका नेपाली विमान कम्पनीहरुको बजार विस्तार गर्न र नेपाली हवाइ क्षेत्रको अन्तर्राष्ट्रिय बदनामीलाइ रोक्नका लागि सरकारी पक्षले अझ मेहनत गर्नु जरुरी छ ।

Leave A Response