एयरबस, रोल्स रोयस र साइमेन्सको नयाँ योजनाः हाइब्रिड विधुतीय विमान

Posted on by जिज्ञासु घिमिरे

एयरबस, रोल्स रोयस र साइमेन्स मिलेर ५०-१०० यात्रु बोक्न सक्ने हाइब्रिड विधुतीय विमान विकसित गर्ने घोषणा गरेका छ्न । सन २०२० सम्म उक्त विमानको प्रोटोटाइप तैयार पार्ने र सन २०३० सम्म उत्पादन बजारमा आउनेछ । विमान, इन्जिन र बिजुली उत्पादक कम्पनीको सहयोगमा संचालन हुन लागेको इ-फ्यान-एक्स नाम दिइएको यस परियोजनाको सफलताले बिजुलीबाट उड्ने विमान विकास गर्ने लक्ष्य पुरा गर्न मदत गर्नेछ ।

बिजुलीबाट चल्ने विमान विकास गर्ने क्रममा रोल्स-रोयसले एक ग्याँस टर्बाइन र जेनरेटर प्रदान गर्नेछ, जसले विद्युतीय इन्जिनको लागि शक्ति सिर्जना गर्नेछ । सिमेन्सले उत्पादित बिजुली प्रयोग गर्न विद्युत प्रवर्धन प्रणाली प्रदान गर्नेछ र एयरबसले विमानको नियन्त्रण कक्ष विकास गर्नुका साथै विमानका सम्पुर्ण पाटपुर्जा र आवश्यक सामाग्रीहरुको समायोजन गर्नेछ ।

एयरबसका विमान प्रदर्शनकर्ता प्रमुख मार्क कजिन्स भन्छन “हामीलाइ लाग्यो कि हामी महत्वाकांक्षी हुन जरुरी छ किनभने विश्व र प्रविधि अति परिवर्तनशील छ । धेरै एयरलाइन्सहरु कम इन्धन खपत गर्ने र पर्यावरणमा पनि क्षति कम पुर्याउने विमान चाहिरहेका छ्न ।”

रोल्स-रोयस प्रमुख प्राविधिक अधिकारी पॉल स्टेन भन्छन “विद्युतीकरण हुन बांकी सवारी साधन विमान मात्र हो र यो कार्य गर्न ढिलो भैसकेको छ । यो उडानको नयाँ युग हुनेछ।”

सीमन्स प्रमुख प्रविधि अधिकारी रोनाल्ड बुच भन्छन “सिमेन्सले मुख्य प्रविधिक क्षेत्रहरूमा प्रवर्तनका कार्य तिब्र गतिमा गरिरहेको छ । ई-फ्यान-एक्स विमान परियोजनामा साझेदारी गरि अब हामी आकाशमा पनि हाम्रो प्रविधि प्रदर्शन गर्नेछौ ।”

धेरै कम्पनीहरूले विधुतीय विमान बनाउने प्रयास गरिरहेका छन तर साना विमान मात्र । इ-फ्यान-एक्स परियोजनाले ठुलो विमान बनाउनेछ ।

Leave A Response